kumari
stcnepal

सत्तागठबन्ध छोडनुहोस, सत्तामा बसेर सरकारका कामको बिरोध गर्नॅ पाईदैन : भट्टराई

सत्ता गठबन्धनका एक नेता जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्ष्य गरी भट्टराई लेयस्तो बताउनु भएको हो । एमसीसीका पक्ष र विपक्ष एउटै गठबन्धनमा रहन नमिल्ने जिकिर पूर्वप्रधानमन्त्री भट्टराईको धारणा छ ।

‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन र सरकारमा बस्न मिल्दैन’, डा भट्टराईले मंगलबार राति सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनु हुँदैन। भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो ।’

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र जसपा एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले त्यसको विरोध गरिरहेका छन्।

footer