kumari
stcnepal

दाहाल नेपाल बिच छुट्टै छलफल

पाँच दलीय सत्ता गठबन्धनको बैठकअघि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल बीच छलफल भएको छ । सिंहदरबार स्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र नेपाल बीच छलफल भएको हो । गठबन्धनमा एमसीसी बारे सहमति जुटाउन निर्णायक छलफल हुनुअघि दुई नेता बीच छलफल भएको हो ।

भोलि बस्ने संसद बैठकमा एमसीसी सम्झौता टेबल गर्ने प्रधानमन्त्रीको तयारी छ । तर, सत्तारुढ नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा अघि बढाउन नहुने अडान राख्दै आएको छ । एमसीसीबारे एकीकृत समाजवादी पनि माओवादीकै लाइनमा उभिएको छ । यद्यपि उसले संस्थागत निर्णय भने गरिसकेको छैन ।

 

 

footer