kumari
stcnepal

कांग्रेस माओवादीभित्र कि माओवादी कांग्रेसभित्र ?

काठमाडौं । म प्रधानमन्त्री होइन, प्रधानमन्त्री भन्दा कम छैन भनेका छन् प्रचण्डले । यसको अर्थ यो कांग्रेसलाई प्रधानमन्त्रीको सिटमा थचारेर प्रचण्डको सरकार हो भन्न सकिन्छ भन्छन् श्लिेषकहरु । यही नै सत्य हो भने माओवादी किन एमसीसीको पक्षमा चिठी लेख्छ र सडकमा जनता उत्रिएको देखेपछि एमसीसी विरोधी नारा लगाएर विरोधमा उभिन्छ ?
यसपछि प्रश्न उठेको हो, एमसीसीवादी नेपाली कांग्रेस माओवादीभित्र छिरेको हो कि माओवादी कांग्रेसभित्र ?
एमसीसी यिनै पार्टीले सम्झौता गरेर भित्र्याए । यसको निर्णय पनि यिनैले गर्नुपर्छ । सडकमा जनतालाई आक्रोशित पारेर राज्य शक्तिले दमन गर्नु भनेको नेताहरुको अयोग्यता हो । संसदमा पुगिसकेको एमसीसीलाई टेबुल गराउँदैनौ.भन्न सक्नुपर्छ । होइन भने टेबुल गराएर तत्काल अस्वीरका गर्ने हिम्मत राख्नुपर्छ । एमसीसी चाहिन्छ भने के कति कारणले चाहिन्छ भन्ने जनताको सवालको जवाफ दिनुपर्छ, जनतालाई चित्त बुझाइदिनुपर्छ ।
सडकमा जनतालाई पु¥याएर रक्तपातमा देशलाई होम्ने अधिकार जनताले यिनलाई दिएका छैनन् । यी पार्टी र नेताले जनताको आवाज सुन्नैपर्छ ।

footer