kumari
stcnepal

देउवा एमाले अध्यक्ष केपी ओली भेट्न बालकोट पुगे

एमसीसीबारे सत्ता गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओली भेट्न बालकोट पुगेका छन् । बिहीबार राति देउवा बालकोट पुगेका हुन् ।

एमसीसी पास गर्न सत्ता साझेदार दलहरु तयार नदेखिएपछि प्रधानमन्त्री देउवा केपी ओलीलाई गुहार्न  बालकोट पुगेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले ट्वीटरमा लेखेका छन् ।
देउवासँग उनकी श्रीमती आरजु देउवा पनि सँगै बालकोट गएकी छन् । सत्ता गठबन्धन एमसीसी पारित नहुने भएपछि फुटउन्मुख भएको छ।

 

 

footer