kumari
stcnepal

मन्त्रीहरुले भोट हाल्ने नेताहरुले बहिष्कार गर्ने : बास्कोटा

नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री गोकुल बास्कोटाले नेकपा एकीकृत समाजवादीप्रति व्यंग गर्दै नक्कली पार्टीको फाइँफुइँ धुलिसात हुने भएको टिप्पणी गरेका छन् ।

आज आइतवार बिहान एक ट्वीट गर्दै उनले मन्त्रीहरूले भोट हाल्ने र नेताहरूले बहिष्कार गर्ने भन्दै टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘जस्केला बाट जन्मेको एउटा नक्कली पार्टीको फाइॅंफुइॅं पनि आज बाट धुलीसात हुने भएछ। मन्त्रीहरुले भोट हाल्ने नेताहरुले बहिष्कार गर्ने। समाजवादी कायदा !’

एमसीसीमा नेकपा एकीकृत समाजवादी लचिलो भएको खबर बाहिरिए सँगै बास्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।

 

 

footer