kumari
stcnepal

सरकारले गर्यो ४ सहसचिवको सरूवा, को कहाँ

राष्ट्रिय निजामती किताब खानाको महानिर्देशकमा बाबुराजा श्रेष्ठ नियुक्त भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानिर्देशकमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

श्रेष्ठ यसअघि निजामती किताब खानामा नै उपमहानिर्देशक थिए । त्यसैगरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा कुमार दाहाललाई नियुक्त गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रघुराम विष्टले बताए ।
Maruti inside

मन्त्रीस्तरीय निर्णयबाटै सहसचिव तुलसीबहादुर श्रेष्ठलाई निर्वाचन आयोग पठाइएको समेत उनले बताए। यसैगरी सहसचिव प्रदीप कोइरालालाई उद्योग मन्त्रालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा तानिएको छ ।

 

 

prabhu bank

footer