kumari
stcnepal

नेकपा एमालेले संसद अवरोध कायम राख्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध कायम राख्ने भएको छ।

एमसिसी टेबल हुनेबारे आफूहरूलाई जानकारी नभएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। यस्तै कार्यव्यवस्था बैठकमा पनि एमाले अनुपस्थित हुने भएको छ।

‘हामीलाई यसबारे केही थाहा छैन। एमसिसी टेबल हुनेबारे हामीलाई जानकारी आएको छ’, उनले भने,‘ हामी कार्यव्यवस्था बैठकमा पनि जाँदैनौं।’

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा एमसिसी टेबल हुनेछ। त्यसअघि सभामुखले कार्यव्यवस्था तथा परामर्श समितिको बैठक संसदको कार्यसूची तय गर्नेछ। लामो वादविवादपछि सत्ता गठबन्धन संसदमा एमसिसी टेबल गर्ने निर्णयमा पुगेको हो।

 

 

footer