kumari
stcnepal

अभिनेता पल शाह बिरूद समीक्षाले दिइन प्रहरीमा जाहेरी

पल शाह विरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ ।

गायिका समीक्षा अधिकारीले शाह विरुद्ध जिल्ला प्रहरी कार्यालय,  तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । यस अघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाह विरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो ।

एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाह माथि छ ।

अधिकारी नाबालिका हुन् । कानुनतः १८ वर्ष भन्दा कम उमेरकी युवती सँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि जबर्जस्ती करणी मानिन्छ ।

 

 

footer