kumari
stcnepal

एमसीसी सम्झौता बारे फेरि बोल्यो चीन, उपहार हो कि अल्टिमेटम थैली

उत्तरी छिमेकी चीनले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता बारे फेरि टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले एमसीसी सँगको सम्झौता हेर्दा राम्रो भए पनि यसले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने टिप्पणी गरेकी हुन् ।

‘उपहार अल्टिमेटमको प्याकेज सहित कहिले बाट आउन थाल्यो ? मलाई आश्चर्य लागेको छ’, उनले टिप्पणी गरिन्, ‘यस्तो उपहार जो कोहीले कसरी स्वीकार गर्न सक्छ ? एमसीसी भन्ने प्रोजेक्ट नेपालीले भने जस्तै हेर्दा राम्रो छ, तर चपाउन मासु जस्तै गाह्रो छ ।’

सहयोग दिँदा आन्तरिक मामिलामा हस्तक्षेप हुन नहुने गरी दिनुपर्ने उनको भनाइ छ । अर्काको देशको सार्वभौमसत्ता र हितलाई हानी र्पुयाउने गरी कुनै पनि राजनीतिक अवस्था वा स्वार्थ जोड्न नहुने पनि उनको धारणा छ । नेपालको संसदमा एमसीसी पेश भइसकेको सन्दर्भमा चीनको यस्तो धारणा आएको हो । यसअघि नेपालमा एमसीसी पारित गर्नका लागि अमेरिकाले दिएको भन्दै चीनले कडा टिप्पणी गरेको थियो । फागुन ६ मा चिनियाँ विदेश मन्त्रालयले नै अमेरिकाको बाध्यकारी कूटनीतिको विरोध गर्ने बताएको थियो ।

नेपाल सँग सहकार्य गर्न, नेपालको आर्थिक विकासमा योगदान गर्न र नेपालीको जीवनस्तर सुधार्न अन्तर्राष्ट्रिय समुदायलाई चीनले स्वागत गर्ने तर यो सबै कुरा नेपाली जनताको इच्छाबमोजिम र राजनीतिक शर्तविना नै गरिनुपर्ने चीनको भनाइ छ ।

 

footer