सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी सम्झौता बारे फेरि बोल्यो चीन, उपहार हो कि अल्टिमेटम थैली

520
shares

उत्तरी छिमेकी चीनले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता बारे फेरि टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले एमसीसी सँगको सम्झौता हेर्दा राम्रो भए पनि यसले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने टिप्पणी गरेकी हुन् ।

‘उपहार अल्टिमेटमको प्याकेज सहित कहिले बाट आउन थाल्यो ? मलाई आश्चर्य लागेको छ’, उनले टिप्पणी गरिन्, ‘यस्तो उपहार जो कोहीले कसरी स्वीकार गर्न सक्छ ? एमसीसी भन्ने प्रोजेक्ट नेपालीले भने जस्तै हेर्दा राम्रो छ, तर चपाउन मासु जस्तै गाह्रो छ ।’

सहयोग दिँदा आन्तरिक मामिलामा हस्तक्षेप हुन नहुने गरी दिनुपर्ने उनको भनाइ छ । अर्काको देशको सार्वभौमसत्ता र हितलाई हानी र्पुयाउने गरी कुनै पनि राजनीतिक अवस्था वा स्वार्थ जोड्न नहुने पनि उनको धारणा छ । नेपालको संसदमा एमसीसी पेश भइसकेको सन्दर्भमा चीनको यस्तो धारणा आएको हो । यसअघि नेपालमा एमसीसी पारित गर्नका लागि अमेरिकाले दिएको भन्दै चीनले कडा टिप्पणी गरेको थियो । फागुन ६ मा चिनियाँ विदेश मन्त्रालयले नै अमेरिकाको बाध्यकारी कूटनीतिको विरोध गर्ने बताएको थियो ।

नेपाल सँग सहकार्य गर्न, नेपालको आर्थिक विकासमा योगदान गर्न र नेपालीको जीवनस्तर सुधार्न अन्तर्राष्ट्रिय समुदायलाई चीनले स्वागत गर्ने तर यो सबै कुरा नेपाली जनताको इच्छाबमोजिम र राजनीतिक शर्तविना नै गरिनुपर्ने चीनको भनाइ छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports