kumari
stcnepal

एमसीसी सम्झौताको बारेमा आज देखी प्रतिनिधिसभामा छलफल हुने

एमसीसी सम्झौता बारे आज देखि प्रतिनिधिसभामा छलफल प्रारम्भ हुने भएको छ । बैठकको सम्भावित कार्यसूचीमा एमसीसी माथिको छलफललाई समावेश गरिसकेको छ । सम्भावित कार्यसूचीलाई आज बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ ।

सबैभन्दा पहिले सम्झौताको सैद्धान्तिक विषय माथि बहस हुनेछ । यस बहसमा सांसद्हरुले नाम टिपाएर धारणा राख्न पाउनेछन् । सैद्धान्तिक छलफल पछि विभागीय मन्त्रीले जवाफ दिनुपर्नेछ । जवाफ पछि सैद्धान्तिक छलफलको प्रस्ताव स्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुनेछ । सैद्धान्तिक छलफल पछि दफावार छलफल हुनेछ । दफावार छलफल पछि भने सम्झौता पारितको चरणमा जानेछ । पारित गर्नका लागि प्रतिनिधि सभामा उपस्थित सङ्ख्याको बहुमत आवश्यक पर्नेछ ।

नेपाली काँग्रेसले आजको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्नो पार्टी बाट प्रतिनिधित्व गर्ने सांसदलाई निर्देशन दिएको छ । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा रहने निर्णय गरेको छ ।

footer