सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी सम्झौताको बारेमा आज देखी प्रतिनिधिसभामा छलफल हुने

442
shares

एमसीसी सम्झौता बारे आज देखि प्रतिनिधिसभामा छलफल प्रारम्भ हुने भएको छ । बैठकको सम्भावित कार्यसूचीमा एमसीसी माथिको छलफललाई समावेश गरिसकेको छ । सम्भावित कार्यसूचीलाई आज बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ ।

सबैभन्दा पहिले सम्झौताको सैद्धान्तिक विषय माथि बहस हुनेछ । यस बहसमा सांसद्हरुले नाम टिपाएर धारणा राख्न पाउनेछन् । सैद्धान्तिक छलफल पछि विभागीय मन्त्रीले जवाफ दिनुपर्नेछ । जवाफ पछि सैद्धान्तिक छलफलको प्रस्ताव स्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुनेछ । सैद्धान्तिक छलफल पछि दफावार छलफल हुनेछ । दफावार छलफल पछि भने सम्झौता पारितको चरणमा जानेछ । पारित गर्नका लागि प्रतिनिधि सभामा उपस्थित सङ्ख्याको बहुमत आवश्यक पर्नेछ ।

नेपाली काँग्रेसले आजको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्नो पार्टी बाट प्रतिनिधित्व गर्ने सांसदलाई निर्देशन दिएको छ । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा रहने निर्णय गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports