kumari
stcnepal

युक्रेनमा आपतकाल घोषणा

युक्रेनमा आपतकाल घोषणा गरिएको छ ।

रुसी आक्रमण र युद्धको त्रास बीच आपतकाल घोषणा गरिएको हो । यसअघि उसले आफ्ना सबै नागरिकहरुलाई रुस बाट फर्किन अनुरोध गरेको थियो । एक महिना लामो आपतकालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अप्नाउनेछ भने आवश्यक परेको अवस्थामा कर्फ्यू लागू गर्न सक्नेछ । पूर्वी युक्रेनमा विखन्डनकारीको नियन्त्रणमा रहेको दुई क्षेत्रमा रुसले आफ्ना सेना पठाउने आदेश दिएपछि युक्रेनले आपतकाल घोषणा गरेको हो ।

बिखन्डनकारी क्षेत्रका नेताहरुले आफूसँग सहयोग मागेको रुसले दाबी गर्दै आएको छ । रुसी सेना पूर्वी युक्रेन शान्ति मिसनमा खटिने मस्कोको भनाइ छ । तर, युक्रेन लगायत पश्चिमेली देशहरुले यसलाई मस्कोको अतिक्रमणको बहाना बताउँदै आएका छन् ।

रुसी कदमलाई लिएर पश्चिमेली मुलुकहरुले उमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । रुसी कदमको राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् ।

 

 

footer