linktrix Long Ad
Salt Trading Long Ad

संस्थागत भ्रष्टाचार बढ्दै र प्रचण्ड नेतृत्वको सरकारको त्यसलाई रोक्ने प्रयास थियो : पूर्व मुख्यमन्त्री शाही

611
shares

सुर्खेत। कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशमा संस्थागत भ्रष्टाचार बढ्दै गइरहेको र प्रचण्ड नेतृत्वको सरकारले त्यसलाई रोक्ने प्रयास गरेको बताएका छन् ।

इतिहासमा पहिलो पटक मन्त्री, उपप्रधानमन्त्रीलाई गलत काम गरेकाले जेल हालिएको उनको भनाइ छ । मंगलबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै शाहीले भने, ‘हामीले देशमा सुशासनको सुरुवात गर्‍यौँ, अरूले पनि त्यस्तो गरेर देखाए भैगो नि!’ देश दिनप्रतिदिन कङ्गाल हुँदै गइरहेको उनले बताए। रातारात चरम भ्रष्टाचार गरेर धनी भएकाहरूलाई सरकारले कारबाही गरोस् भन्ने जनताको चाहना रहेको उनको भनाइ छ।

कतिपय दलहरूले आफ्ना मान्छेहरू धमाधम पक्राउ पर्ने थालेपछि अत्तालिएर सरकार परिवर्तन गरेको उनले शाहीले बताए । यदि अपराधको ढाकछोप गरेर अहिले बनेको नयाँ सरकार अघि बढे माओवादी त्यसको विरुद्धमा लड्ने पनि बताए । शाहीले भने,’उपलब्धिहरुको रक्षा गर्नु अहिलेको प्रमुख चुनौती हो, अर्को जनताको चाहना भनेको अवस्था परिवर्तनका लागि हो ।परम्परागत शैलीको विकासले परिवर्तन सम्भव छैन। विकास मोडल परिवर्तन गर्न आवश्यक छ’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports