kumari
stcnepal

एमसीसीमा मतदान हुँदा माओबादीले संसद बहिस्कार गर्ने समाचार गलत हो, हामी बिपक्षमा मत हाल्छौ : माओबादी नेता श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले  संसदमा पेश भएको एमसीसी बारे मतदान हुँदा आफ्नो पार्टीका सांसदले संसद बैठक बहिष्कार गर्ने र यथास्थितिमा अनुमोदन गर्न सहयोग पुर्याउने भनेर गलत प्रचारबाजी भइरहेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरेक छन् ।

नेता श्रेष्ठले आज शुक्रबार सामाजिक सञ्जाल मार्फत एमसीसी बारे पार्टीले यसअघि पार्टीले गरेको निर्णयमा कुनै परिवर्तन नआएको पनि प्रस्ट पारेका छन् । ‘हाम्रो पार्टीले आठौं महाधिवेशन बाट र त्यसपछिका सबै छलफलहरू बाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ, एमसीसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरुलाई संशोधन नगरी यथास्थितिमा स्वीकार नगर्ने र संसद बाट पारित नगर्ने’, श्रेष्ठले लेखेका छन्, ‘हामी त्यसैमा कायम छौं ।’ उनले संसदमा एमसीसी पेश गरिसकिएको सन्दर्भमा माओवादी केन्द्रले विफल पार्न विपक्षमा मतदान गर्ने बताएका छन् ।
‘यसबारे मतदान हुँदा हाम्रो पार्टीले संसद बैठक बहिष्कार गर्नेछ र यथास्थितिमा यो प्रस्ताव अनुमोदन गर्न सहयोग पुर्याउनेछ भन्ने प्रचार गलत हो । कसले यो भ्रमात्मक प्रचार अभियान सञ्चार माध्यम मार्फत चलाउँदैछ ? सावधान !’श्रेष्ठको भनाइ छ ।
footer