विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसीमा मतदान हुँदा माओबादीले संसद बहिस्कार गर्ने समाचार गलत हो, हामी बिपक्षमा मत हाल्छौ : माओबादी नेता श्रेष्ठ

715
shares

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले  संसदमा पेश भएको एमसीसी बारे मतदान हुँदा आफ्नो पार्टीका सांसदले संसद बैठक बहिष्कार गर्ने र यथास्थितिमा अनुमोदन गर्न सहयोग पुर्याउने भनेर गलत प्रचारबाजी भइरहेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरेक छन् ।

नेता श्रेष्ठले आज शुक्रबार सामाजिक सञ्जाल मार्फत एमसीसी बारे पार्टीले यसअघि पार्टीले गरेको निर्णयमा कुनै परिवर्तन नआएको पनि प्रस्ट पारेका छन् । ‘हाम्रो पार्टीले आठौं महाधिवेशन बाट र त्यसपछिका सबै छलफलहरू बाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ, एमसीसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरुलाई संशोधन नगरी यथास्थितिमा स्वीकार नगर्ने र संसद बाट पारित नगर्ने’, श्रेष्ठले लेखेका छन्, ‘हामी त्यसैमा कायम छौं ।’ उनले संसदमा एमसीसी पेश गरिसकिएको सन्दर्भमा माओवादी केन्द्रले विफल पार्न विपक्षमा मतदान गर्ने बताएका छन् ।
‘यसबारे मतदान हुँदा हाम्रो पार्टीले संसद बैठक बहिष्कार गर्नेछ र यथास्थितिमा यो प्रस्ताव अनुमोदन गर्न सहयोग पुर्याउनेछ भन्ने प्रचार गलत हो । कसले यो भ्रमात्मक प्रचार अभियान सञ्चार माध्यम मार्फत चलाउँदैछ ? सावधान !’श्रेष्ठको भनाइ छ ।
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports