kumari
stcnepal

भक्तपुरको लोकन्थलीमा भेटीयो बम जस्तो बनाएर राखिएको प्रेसर कुकर

भक्तपुर लोकन्थलीमा शंकास्पद तीन वटा प्रेसर कुकर फेला परेको छ । शंकास्पद अवस्थामा राखिएको तीन वटा कुकर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बम जस्तो बनाएर तीन वटा कुकर राखेपछि प्रहरीले डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई खबर थियो । नेपाली सेनाको टोलीले डिस्पोज गर्दा उक्त वस्तु बम नभएको पाइएको छ ।

बम जस्तो बनाएर तर्साउनका लागि प्रेसर कुकर राखिएको खुलेको हो । एमसीसीको विरोधमा भएको प्रदर्शनका क्रममा सोमवार मात्रै बम जस्तो बनाएर राखिएको अवस्थामा राजधानी लगागयत विभिन्न ठाउँबाट प्रेसर कुकर फेला परेको थियो ।

footer