kumari
stcnepal

आज थपिए १२७ जना कोरोना संक्रमित ,३ जनाको निधन

पछिल्लो २४ घण्टामा देशभर थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८७४ जनामा कोरोना परीक्षण भएको थियो ।

यस सँगै देशभर पीसीआर विधि बाट भएको कोरोना परीक्षणमा कुल ९ लाख ७७ हजार १९९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ४५७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५७ हजार ४८८ जना कोरोनामुक्त भएका छन् ।

यस्तै हालसम्म ११ हजार ९४१ जनाको मृत्यु भएको हो । पछिल्लो समय कोरोना संक्रमित घट्दै गएका छन् भने हाल देशभर ७ हजार ७७० जना सक्रिय संक्रमित रहेका छन् ।

 

footer