kumari
stcnepal

काग्रेस सहितका केही मन्त्रीहरू हेरफेर हुने

एमाले बाट विभाजित भएको नेकपा एकीकृत समाजवादी (एस) पार्टीले केही मन्त्रीलाई फिर्ता बोलाएर केही नेतालाई मन्त्रिपरिषदमा पठाउने गृहकार्य थालेको छ ।

आधा कार्यकालका लागि मात्रै मन्त्री भएकाहरुलाई फिर्ता बोलाएर उनीहरुको स्थानमा मन्त्री हुन बाँकी रहेका मेटमणी चौधरी, जीवनराम श्रेष्ठ लगायतका सांसदलाई मन्त्रीमा पठाउने तयारी गरेको हो । ‘कस–कसलाई फिर्ता बोलाउने भन्ने बारेमा केही तय भएको छैन, जे हुन्छ सहमतिमै हुन्छ, अहिले त्यसको तयारी भएको छ’, एस पार्टी निकट एक नेताले भने ।

बिहिबार बसेको सत्ता गठबन्धनको बैठकमा पनि यो विषय उठेको स्रोतको दावी छ । एस पार्टीले आफ्ना केही मन्त्रीलाई फिर्ता बोलाउने बताएपछि अन्य पार्टीले पनि यो विषयमा सहमति जनाएका थिए । ‘मन्त्रिमण्डल पुनर्गठनको तयारी भएको छ, एक हप्ता वा अर्को हप्ता यो विषयले पूर्णता पाउछ’, ती नेताले भने । सरकारमा रहेका चार वटै पार्टीले आफ्ना केही मन्त्रीलाई फिर्ता बोलाउन लागेका हुन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले यस अघि नै मन्त्रीहरुलाई आधा कार्यकालका लागि मात्रै नियुक्त गरिएको भन्दै केही सांसदलाई थुम्थुम्याएको थियो ।

स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने भएकाले त्यस भन्दा अगावै वा निर्वाचन आचारसंहिता लाग्नु अगावै मन्त्रिपरिषद पुर्नगठन हुने स्रोतको दावी छ । ‘बिहीबार बसेको गठबन्धनको बैठकमा मन्त्रीमण्डल पुनर्गठनका बारेमा कुराकानी भएको छ, केही मन्त्रीहरुलाई पालो दिएर पार्टी काममा ल्याउनु पर्ने आवश्यकता देखियो’, एस पार्टीका वरिष्ठ नेताले भने ।

 

 

 

 

footer