तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काग्रेस सहितका केही मन्त्रीहरू हेरफेर हुने

481
shares

एमाले बाट विभाजित भएको नेकपा एकीकृत समाजवादी (एस) पार्टीले केही मन्त्रीलाई फिर्ता बोलाएर केही नेतालाई मन्त्रिपरिषदमा पठाउने गृहकार्य थालेको छ ।

आधा कार्यकालका लागि मात्रै मन्त्री भएकाहरुलाई फिर्ता बोलाएर उनीहरुको स्थानमा मन्त्री हुन बाँकी रहेका मेटमणी चौधरी, जीवनराम श्रेष्ठ लगायतका सांसदलाई मन्त्रीमा पठाउने तयारी गरेको हो । ‘कस–कसलाई फिर्ता बोलाउने भन्ने बारेमा केही तय भएको छैन, जे हुन्छ सहमतिमै हुन्छ, अहिले त्यसको तयारी भएको छ’, एस पार्टी निकट एक नेताले भने ।

बिहिबार बसेको सत्ता गठबन्धनको बैठकमा पनि यो विषय उठेको स्रोतको दावी छ । एस पार्टीले आफ्ना केही मन्त्रीलाई फिर्ता बोलाउने बताएपछि अन्य पार्टीले पनि यो विषयमा सहमति जनाएका थिए । ‘मन्त्रिमण्डल पुनर्गठनको तयारी भएको छ, एक हप्ता वा अर्को हप्ता यो विषयले पूर्णता पाउछ’, ती नेताले भने । सरकारमा रहेका चार वटै पार्टीले आफ्ना केही मन्त्रीलाई फिर्ता बोलाउन लागेका हुन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले यस अघि नै मन्त्रीहरुलाई आधा कार्यकालका लागि मात्रै नियुक्त गरिएको भन्दै केही सांसदलाई थुम्थुम्याएको थियो ।

स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने भएकाले त्यस भन्दा अगावै वा निर्वाचन आचारसंहिता लाग्नु अगावै मन्त्रिपरिषद पुर्नगठन हुने स्रोतको दावी छ । ‘बिहीबार बसेको गठबन्धनको बैठकमा मन्त्रीमण्डल पुनर्गठनका बारेमा कुराकानी भएको छ, केही मन्त्रीहरुलाई पालो दिएर पार्टी काममा ल्याउनु पर्ने आवश्यकता देखियो’, एस पार्टीका वरिष्ठ नेताले भने ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports