kumari
stcnepal

भक्तपुरमा एक महिला माथि तेजाब आक्रमण

भक्तपुरको ठिमीकी एक महिला माथि आइतबार साँझ तेजाब आक्रमण भएको छ । साँझ साढे ७ बजेको समयमा ६० वर्षीया पूजा गुभाजु माथि तेजाव आक्रमण भएको हो । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

पूजा माथि उनकै श्रीमानले तेजाब आक्रमण गरेको अस्पतालमा उपचाररत पूजाले चिकित्सकलाई बताएका छन् । जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी शीवकुमार श्रेष्ठले भने पूजा माथि आक्रमण भएको जानकारी आएको र थप अनुसन्धान भइरहेको जानकारी दिए।तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद बाट पारित भए पनि कार्यान्वयनमा नआउँदै फेल भएको छ । सो विधेयक दुई महिना सम्म छलफलका लागि राष्ट्रियसभामा पठाइएको थिएन् । सो विधेयक कार्यान्वयनमा नआएको समयसीमा पुगेका दुई दिन बित्दा नबित्दै तेजाब आक्रमण भएपछि तेजाव पीडितको उपचार अब कसले गर्ने भन्ने प्रश्न उब्जिएको छ ।

तेजाव आक्रमण विरुद्धका अभियन्ता उज्वल विक्रम थापाले यसअघि सरकारले तेजाव आक्रमण पीडितको निःशुल्क उपचार गर्दै आएकोमा अब कानुनी रुपमा जटिल बनेको बताउँछन् ।

 

 

 

 

footer