नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भक्तपुरमा एक महिला माथि तेजाब आक्रमण

611
shares

भक्तपुरको ठिमीकी एक महिला माथि आइतबार साँझ तेजाब आक्रमण भएको छ । साँझ साढे ७ बजेको समयमा ६० वर्षीया पूजा गुभाजु माथि तेजाव आक्रमण भएको हो । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

पूजा माथि उनकै श्रीमानले तेजाब आक्रमण गरेको अस्पतालमा उपचाररत पूजाले चिकित्सकलाई बताएका छन् । जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी शीवकुमार श्रेष्ठले भने पूजा माथि आक्रमण भएको जानकारी आएको र थप अनुसन्धान भइरहेको जानकारी दिए।तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद बाट पारित भए पनि कार्यान्वयनमा नआउँदै फेल भएको छ । सो विधेयक दुई महिना सम्म छलफलका लागि राष्ट्रियसभामा पठाइएको थिएन् । सो विधेयक कार्यान्वयनमा नआएको समयसीमा पुगेका दुई दिन बित्दा नबित्दै तेजाब आक्रमण भएपछि तेजाव पीडितको उपचार अब कसले गर्ने भन्ने प्रश्न उब्जिएको छ ।

तेजाव आक्रमण विरुद्धका अभियन्ता उज्वल विक्रम थापाले यसअघि सरकारले तेजाव आक्रमण पीडितको निःशुल्क उपचार गर्दै आएकोमा अब कानुनी रुपमा जटिल बनेको बताउँछन् ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports