kumari
stcnepal

ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्टच्वाइस टेक्नोलोजिज बीच सहकारीहरुलाई CoopCard जारी गर्ने

काठमाडौँ । ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज बीच सहकारीहरुका लागि सहकारी पहिचान सहितको CoopCard जारी गर्ने सम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

हिजो आइतबार आयोजित एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत रत्नराजबज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिजको तर्फबाट प्रमुखकार्यकारी अधिकृत नारायण प्रकाशभुजु र राष्ट्रिय सहकारी बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत बद्रिकुमार गुरागार्इंले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

बढदै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्ये नजर गर्दै सहकारीहरुले पनि न्यून तमलागतमा सहजैATM कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकियाका साथ ग्लोबल आइएमई बैंकको प्रायोजनमा CoopCard जारी गर्न लागिएको हो ।

ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत यसका सदस्य सहकारीहरुले ऋययउ ऋबचम जारी गर्ने छन । यसका लागि SCTले चाइनायुनियन पे -UPI) सँग सहकार्य गर्दै आएको छ ।

सहकारीका सबै सदस्यलाई सेवा पु¥याउदै यसलाई अझ बढि प्रभावकारी बनाउनराष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको Coop Card जारी गर्न लागेको हो । यसरी प्रदानगर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुनेछ भने नेपाल तथा भारतकाATM/POS मार्फत सहजै चलाउन सकिनेछ ।

यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी CoopCard जारी गर्न सक्नेछन ।
यस सुविधाले सदस्यहरुको सहकारी प्रतिविश्वास बढ्दै जाने, नगदकारोबार कमभएर औपचारिक रुपमा बचत परिचालनहुने र बित्तीय सेवा २४घण्टा उपलब्धहुनेछ ।

यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणाली र विद्युतीय कारोवारमा पहुँच बढदै जाने तथा साधारण बैंकिङ कारोवारको लागि बैंक सम्म गइरहनु पर्ने बाध्यताबाट मुक्ति दिने तथा सहकारीहरुको विकासमा थप योगदानपुग्ने आशा लिइएको छ ।

footer