kumari
stcnepal

माओवादी केन्द्रमा ९७ जना थपिए केन्द्रीय समितिका सदस्य

 

काठमाडौँ । नेकपा माओवादी केन्द्रले मनोनीत हुने केन्द्रीय समितिका सदस्यहरु प्रस्ताव गरेको छ । आज सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका कमिटीहरूबाट सिफारिस भएका नामहरूबाट सदस्यहरूको सूची तयार गरी वाचन गरेका छन् ।

जसअनुसार ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित सदस्यहरूको सूची प्रचण्डले पेस गरेका छन् । खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नाममा प्रचण्डले पेस गरेका हुन् । यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो ।

footer