kumari
stcnepal

आज बाट एक रूपैयाँको नयाँ सिक्का चल्न चल्तीमा आउने

नेपाल राष्ट्र बैंकले आज (बुधवार)बाट एक रूपैयाँको सिक्का चलनचल्तीमा ल्याउँदैछ । यो साविककै आकार र सुनौला रंगमा टकमरी गरिएको हुनेछ ।

अग्रभागमा सिक्को वृत्ताकार घेरा भित्र ६४ वटा थोप्लाहरू रहनेछन् । घेरा भित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा ७ प्रदेश सहितको नेपालको नक्शा रहनेछ । साथै दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सकुन् भनेर एउटा मोटो थोप्लो बनाइएको छ ।

पछाडिको भागमा सगरमाथाको आकृति र अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ ।

 

 

 

 

 

footer