kumari
stcnepal

एमसीसीको विषयलाई लिएर मधेशमा  माओवादी केन्द्रका नेताले छाडे पार्टी

जनकपुरधाम । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन अनुमोदन गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै महोत्तरीमा नेकपा माओवादी केन्द्रका पाँच जना नेताले पार्टी छाडेको घोषणा गरेका छन् ।

माओवादी केन्द्रको मधेश प्रदेश कमिटी सदस्य तुलसीप्रसाद ढुंगाना, रामबहादुर राणा र राजनप्रसाद ढुंगाना, बर्दिबास नगरपालिका-३ का वडाध्यक्ष नरबहादुर खनाल र अखिल नेपाल महिला उनीहरुले आज बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी छाडेको बताएका छन् ।

‘एमसीसी देश र जनताको हितमा नभएपनि पार्टी नेतृत्वले त्यसलाई पारित गराउन नेतृत्वदायी भूमिका खेल्यो’ संयोजक ढुंगानाले भने, ‘यस्तो पार्टीमा बस्दैनौं ।’ उनले अरु केही नेता कार्यकर्ताले पनि पार्टी परित्याग गरेको र उनीहरु पछि सार्वजनिक हुने बताएका छन् । ।

footer