सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसीको विषयलाई लिएर मधेशमा  माओवादी केन्द्रका नेताले छाडे पार्टी

416
shares

जनकपुरधाम । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन अनुमोदन गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै महोत्तरीमा नेकपा माओवादी केन्द्रका पाँच जना नेताले पार्टी छाडेको घोषणा गरेका छन् ।

माओवादी केन्द्रको मधेश प्रदेश कमिटी सदस्य तुलसीप्रसाद ढुंगाना, रामबहादुर राणा र राजनप्रसाद ढुंगाना, बर्दिबास नगरपालिका-३ का वडाध्यक्ष नरबहादुर खनाल र अखिल नेपाल महिला उनीहरुले आज बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी छाडेको बताएका छन् ।

‘एमसीसी देश र जनताको हितमा नभएपनि पार्टी नेतृत्वले त्यसलाई पारित गराउन नेतृत्वदायी भूमिका खेल्यो’ संयोजक ढुंगानाले भने, ‘यस्तो पार्टीमा बस्दैनौं ।’ उनले अरु केही नेता कार्यकर्ताले पनि पार्टी परित्याग गरेको र उनीहरु पछि सार्वजनिक हुने बताएका छन् । ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports