kumari
stcnepal

सुकेको रूख बचाउन चुनाव चिन्ह्र नै हरियो बनाउन खोजियो : अध्यक्ष ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको आरोप लगाउनुभएको छ । आज मोरङको रंगेलीमा आयोजित कार्यक्रममा उहाँले मतपत्रमा हरियो नभई रातो रङ राख्नुपर्ने बताउनुभयो ।

मतपत्रको रङ बारे निर्वाचन आयोगको निर्णय कांग्रेस तिर झुकेको भन्दै ओलीले भन्नुभयो,‘कांग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको छ ।’ निर्वाचन आयोगले ३० वैशाखमा हुने निर्वाचनमा मतपत्र चुनाव चिह्नको रङ हरियो बनाउने निर्णय गरेको थियो । यसअघि हिजो पनि अध्यक्ष ओलीले एक कार्यक्रममा आयोगको उक्त निर्णयको आलोचना गर्नुभएको थियो ।

एमाले अध्यक्ष ओलीले कांग्रेसलाई सुकेको रुखको संज्ञा दिनुभयो । ‘सुकेको रुखको कुरा गर्न आवश्यक छैन, पात मात्रै झरेको छैन रूख नै सुकेको छ’ उहाँले भन्नुभयो । नेता माधवकुमार नेपालले पार्टी छाडे पछि हाइसन्चो भएको ओलीले टिप्पणी गर्नुभयो । केही व्यक्तिले पार्टी छाडे पनि एमाले झन् बलियो भएको उहाँको दावी छ ।

 

 

 

footer