विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुकेको रूख बचाउन चुनाव चिन्ह्र नै हरियो बनाउन खोजियो : अध्यक्ष ओली

689
shares

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको आरोप लगाउनुभएको छ । आज मोरङको रंगेलीमा आयोजित कार्यक्रममा उहाँले मतपत्रमा हरियो नभई रातो रङ राख्नुपर्ने बताउनुभयो ।

मतपत्रको रङ बारे निर्वाचन आयोगको निर्णय कांग्रेस तिर झुकेको भन्दै ओलीले भन्नुभयो,‘कांग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको छ ।’ निर्वाचन आयोगले ३० वैशाखमा हुने निर्वाचनमा मतपत्र चुनाव चिह्नको रङ हरियो बनाउने निर्णय गरेको थियो । यसअघि हिजो पनि अध्यक्ष ओलीले एक कार्यक्रममा आयोगको उक्त निर्णयको आलोचना गर्नुभएको थियो ।

एमाले अध्यक्ष ओलीले कांग्रेसलाई सुकेको रुखको संज्ञा दिनुभयो । ‘सुकेको रुखको कुरा गर्न आवश्यक छैन, पात मात्रै झरेको छैन रूख नै सुकेको छ’ उहाँले भन्नुभयो । नेता माधवकुमार नेपालले पार्टी छाडे पछि हाइसन्चो भएको ओलीले टिप्पणी गर्नुभयो । केही व्यक्तिले पार्टी छाडे पनि एमाले झन् बलियो भएको उहाँको दावी छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports