kumari
stcnepal

सवारी दुघर्टनामा श्रीमानको निधन श्रीमती धाइते

जनकपुरधाम। महोत्तरीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

औरही नगरपालिका वडा-४ स्थित माईस्थान सम्सी सडक खण्डमा गौशाला बाट सम्सी तर्फ जाँदै गरेको प्र.२-०२-००३ प.५१५९ नम्बरको मोटरसाईकल र विपरीत दिशा तर्फ बाट आउँदै गरेको ना. ५ ख ७७२७ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकल चालक महोत्तरी गौशाला नगरपालिका वडा नं. २ निगौल बस्ने ४० बर्षका रामपुनित ठाकुरको मृत्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी प्रकाश विष्टले जानकारी दिए । घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको उनले बताए । मोटरसाईकलमा पछाडी सवार निजकै श्रीमती ३८ वर्षकी उर्मिला ठाकुर घाइते भएकी छन् । उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

मोटरसाईकल, ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको र घटना सम्बन्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

footer