प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सवारी दुघर्टनामा श्रीमानको निधन श्रीमती धाइते

533
shares

जनकपुरधाम। महोत्तरीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

औरही नगरपालिका वडा-४ स्थित माईस्थान सम्सी सडक खण्डमा गौशाला बाट सम्सी तर्फ जाँदै गरेको प्र.२-०२-००३ प.५१५९ नम्बरको मोटरसाईकल र विपरीत दिशा तर्फ बाट आउँदै गरेको ना. ५ ख ७७२७ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकल चालक महोत्तरी गौशाला नगरपालिका वडा नं. २ निगौल बस्ने ४० बर्षका रामपुनित ठाकुरको मृत्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी प्रकाश विष्टले जानकारी दिए । घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको उनले बताए । मोटरसाईकलमा पछाडी सवार निजकै श्रीमती ३८ वर्षकी उर्मिला ठाकुर घाइते भएकी छन् । उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

मोटरसाईकल, ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको र घटना सम्बन्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports