kumari
stcnepal

राप्रपा नेपालले गर्यो कायॅबिभाजन, को कहाँ

राप्रपा नेपालले पार्टी पदाधिकारी तथा सदस्यहरुको कार्यविभाजन गरेको छ । बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले नेताहरुलाई विभिन्न जिम्मेवारी तोकेको हो । बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अध्यक्ष कमल थापालाई जिम्मेवारी दिएको छ भने आर्थिक विभाग प्रमुखको जिम्मेवारी उद्धव पौडेलले पाएका छन् ।

त्यस्तै नीति तथा अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी डा.विष्णु भण्डारीले पाएका छन् भने संगठन विभागको जिम्मेवारी राजाराम बर्तौलाले पाएका छन् । बैठकले प्रचार विभाग प्रमुख एवम् पार्टी प्रवक्ताको जिम्मेवारी सुरेश आचार्यलाई दिने निर्णय गरेको छ ।

पदाधिकारी बैठकले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चैत्र महिना भर घरदैलो कार्यक्रम गर्ने निर्णय समेत गरेको छ भने देशका ७ प्रदेश, ७७ जिल्ला र ७५३ वटै गाउँ तथा नगरपालिकाहरूमा तीन महिनाभित्र संगठन विस्तार र सुदृढीकरणका कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै कार्यसमिति गठन भैसकेका जिल्लाहरुमा कार्यसमिति गठन भएको २१ दिनभित्र अनिवार्य रुपमा जिल्लास्तरीय भेला आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ ।

 

footer