प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा नेपालले गर्यो कायॅबिभाजन, को कहाँ

520
shares

राप्रपा नेपालले पार्टी पदाधिकारी तथा सदस्यहरुको कार्यविभाजन गरेको छ । बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले नेताहरुलाई विभिन्न जिम्मेवारी तोकेको हो । बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अध्यक्ष कमल थापालाई जिम्मेवारी दिएको छ भने आर्थिक विभाग प्रमुखको जिम्मेवारी उद्धव पौडेलले पाएका छन् ।

त्यस्तै नीति तथा अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी डा.विष्णु भण्डारीले पाएका छन् भने संगठन विभागको जिम्मेवारी राजाराम बर्तौलाले पाएका छन् । बैठकले प्रचार विभाग प्रमुख एवम् पार्टी प्रवक्ताको जिम्मेवारी सुरेश आचार्यलाई दिने निर्णय गरेको छ ।

पदाधिकारी बैठकले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चैत्र महिना भर घरदैलो कार्यक्रम गर्ने निर्णय समेत गरेको छ भने देशका ७ प्रदेश, ७७ जिल्ला र ७५३ वटै गाउँ तथा नगरपालिकाहरूमा तीन महिनाभित्र संगठन विस्तार र सुदृढीकरणका कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै कार्यसमिति गठन भैसकेका जिल्लाहरुमा कार्यसमिति गठन भएको २१ दिनभित्र अनिवार्य रुपमा जिल्लास्तरीय भेला आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports