kumari
stcnepal

सरकारले फेरि गर्यो १० सहसचिवक, को कहाँ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सह-सचिवहरूको सरुवा गरेको छ । कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टका अनुसार मन्त्रालयको २२ गतेको निर्णय अनुसार जेनेरल इन्जिनियरिङ समूहका ५ जना, वन समूहका २ जना र प्रशासन समूहका ३ जना सहसचिवहरूको सरुवा भएको हो ।

स्थानीय पूर्वाधार विकास आयोजना गण्डकी प्रदेशका कुमार थापालाई मन्त्रालयको अतिरिक्त समूहमा, अतिरिक्त समूहमा रहेका शंकर पण्डित र कृष्णकुमार मिश्रलाई क्रमशः स्थानीय पूर्वाधार विकास लुम्बिनी र मधेश प्रदेशमा सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका रामेश्वर मरहट्ठालाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ भने वन तथा वातावरण मन्त्रालयका दुर्गाबहादुर कार्कीलाई वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय–लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ ।

 

 

 

footer