kumari
stcnepal

तुलसीपुर उपमहानगरपालिकाका मेयर एवम् एमाले नेता पाण्डेका छोरा विरुद्ध पक्राउ पुर्जी जारी

दाङ । दाङका ठेकेदार अनुप पाण्डे विरुद्ध डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ । पाण्डे विरुद्ध पक्राउ पुर्जी समेत जारी गरिएको प्रहरी स्रोतले जनाएको छ ।

पाण्डे तुलसीपुर उपमहानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा हुन् । उनी विरूद्ध नेकपा एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज गेहेन्द्र बस्नेतले नै उजुरी दर्ता गराएका हुन् । घोराही–तुलसीपुर सडक निर्माणको क्रममा पाण्डेले घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी बस्नेतको टिपर प्रयोग गरेको र भाडा तथा इन्धन बापतको १ करोड ४४ लाख रुपैयाँ नदिएको आरोप छ ।

निर्माण व्यवसायी पाण्डे विरूद्ध बस्नेतले एक महिना अगाडि नै उजुरी दिन प्रहरीमा गएका थिए । तर आवश्यक प्रमाण नपुगेको भन्दै प्रहरीले मुद्दा दर्ता गरेको थिएन । त्यसपछि फेरि थप कागजातहरू जुटाएर बस्नेत प्रहरीमा पुगेपछि मुद्दा दर्ता भएको हो । नेकपा एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज समेत रहेका बस्नेत केही दिन अघि मात्र पार्टीको जिल्ला नेतृत्व, इन्चार्ज, पदाधिकारी सहित मुद्दा दर्ताका लागि प्रहरीमा पुगेका थिए । पटक-पटक पैसा माग्दा पनि सम्पर्कमा नआएपछि बाध्य भएर कानुनी उपचार खोज्नु परेको उनले बताए ।

मुद्दा दर्ता भएपछि अदालत बाट पक्राउ पुर्जी समेत लिसकेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ गर्न उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

 

 

footer