तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तुलसीपुर उपमहानगरपालिकाका मेयर एवम् एमाले नेता पाण्डेका छोरा विरुद्ध पक्राउ पुर्जी जारी

416
shares

दाङ । दाङका ठेकेदार अनुप पाण्डे विरुद्ध डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ । पाण्डे विरुद्ध पक्राउ पुर्जी समेत जारी गरिएको प्रहरी स्रोतले जनाएको छ ।

पाण्डे तुलसीपुर उपमहानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा हुन् । उनी विरूद्ध नेकपा एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज गेहेन्द्र बस्नेतले नै उजुरी दर्ता गराएका हुन् । घोराही–तुलसीपुर सडक निर्माणको क्रममा पाण्डेले घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी बस्नेतको टिपर प्रयोग गरेको र भाडा तथा इन्धन बापतको १ करोड ४४ लाख रुपैयाँ नदिएको आरोप छ ।

निर्माण व्यवसायी पाण्डे विरूद्ध बस्नेतले एक महिना अगाडि नै उजुरी दिन प्रहरीमा गएका थिए । तर आवश्यक प्रमाण नपुगेको भन्दै प्रहरीले मुद्दा दर्ता गरेको थिएन । त्यसपछि फेरि थप कागजातहरू जुटाएर बस्नेत प्रहरीमा पुगेपछि मुद्दा दर्ता भएको हो । नेकपा एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज समेत रहेका बस्नेत केही दिन अघि मात्र पार्टीको जिल्ला नेतृत्व, इन्चार्ज, पदाधिकारी सहित मुद्दा दर्ताका लागि प्रहरीमा पुगेका थिए । पटक-पटक पैसा माग्दा पनि सम्पर्कमा नआएपछि बाध्य भएर कानुनी उपचार खोज्नु परेको उनले बताए ।

मुद्दा दर्ता भएपछि अदालत बाट पक्राउ पुर्जी समेत लिसकेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ गर्न उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports