kumari
stcnepal

योगेन्द्र पजियार कांग्रेसको धनुषा जिल्ला सभापतिमा निर्वाचित

नेपाली कांग्रेसको धनुषा जिल्ला सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन् ।

दोस्रो चरणमा भएको मतदान बाट नेता विमलेन्द्र निकट पजियार सभापतिमा निर्वाचित भएका हुन् । उनी क्षिरेश्वरनाथ नगरपालिकाका मेयर समेत हुन् । पजियार १७३५ मतका साथ विजय भए भने अर्का उम्मेदवार संतोष यादवले १०४६ मत पाए । पजियारलाई पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेका दिनेश प्रसैलाले समर्थन गरेका थिए ।

 

 

footer