kumari
stcnepal

जसपा छोडी वीरगञ्ज नगरपालिकाका मेयर सरावगी एमाले प्रवेश

वीरगञ्ज नगरपालिकाका मेयर विजय सरावगी नेकपा एमाले प्रवेश गरेका छन् । शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा उनर्ला एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालिन संघीय समाजवादी फोरम बाट मेयरमा निर्वाचित भएका थिए । एमाले प्रवेश गर्नुअघि सम्म उनी जनता समाजवादी पार्टीका नेता थिए । एमाले प्रवेश गर्दै उनले जनता समाजवादी पार्टीले राम्रो मान्छेलाई टिकाएर राख्न नसकेको बताए । ‘जसपा बाट मैले छोड्ने कारणहरु छन् । त्यो सबैलाई थाहा छ, आम जनतालाई थाहा छ, एउटा राम्रो मान्छेलाई पार्टीले टिकाएर राख्न सकेन’ उनले भने ।

जसपाले अहिले पनि जातिवादकै राजनीति गरिरहेको मेयर सरावगीले टिप्पणी गरे । ‘अहिले पनि जातिवादकै राजनीति भइरहेको छ । जातिवादको राजनीति गरेर राष्ट्रिय पार्टी हुन सकिदैन । राष्ट्रिय पार्टी भनेको हाम्रो एमाले पार्टी नै हुन सक्छ’ उनले भने ।

 

 

footer