तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जसपा छोडी वीरगञ्ज नगरपालिकाका मेयर सरावगी एमाले प्रवेश

494
shares

वीरगञ्ज नगरपालिकाका मेयर विजय सरावगी नेकपा एमाले प्रवेश गरेका छन् । शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा उनर्ला एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालिन संघीय समाजवादी फोरम बाट मेयरमा निर्वाचित भएका थिए । एमाले प्रवेश गर्नुअघि सम्म उनी जनता समाजवादी पार्टीका नेता थिए । एमाले प्रवेश गर्दै उनले जनता समाजवादी पार्टीले राम्रो मान्छेलाई टिकाएर राख्न नसकेको बताए । ‘जसपा बाट मैले छोड्ने कारणहरु छन् । त्यो सबैलाई थाहा छ, आम जनतालाई थाहा छ, एउटा राम्रो मान्छेलाई पार्टीले टिकाएर राख्न सकेन’ उनले भने ।

जसपाले अहिले पनि जातिवादकै राजनीति गरिरहेको मेयर सरावगीले टिप्पणी गरे । ‘अहिले पनि जातिवादकै राजनीति भइरहेको छ । जातिवादको राजनीति गरेर राष्ट्रिय पार्टी हुन सकिदैन । राष्ट्रिय पार्टी भनेको हाम्रो एमाले पार्टी नै हुन सक्छ’ उनले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports