नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिका लागि हुन लागेको दोस्रो चरणको निर्वाचनमा डा. प्रेमध्वज लामाले वंशलाल तामाङलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
दोस्रो चरणमा जंगबहादुर लामा र वंशलाल तामाङ बीच प्रतिस्पर्धा हुँदै छ । सभापति पदमा जंगबहादुर, वंशलाल र प्रेमध्वज चुनाव लडेका थिए । तर कसैले पनि ५१ प्रतिशत मत नपाएकाले धेरै मत पाएका दुई जना जंगबहादुर र वंशलाल बीच पुनः प्रतिस्पर्धा हुँदै छ ।
१ हजार ८६८ मत मध्ये जंगबहादुरले ७०५ र वंशलालले ६२९ मत पाएका थिए । ४९३ मत पाएर तेस्रो स्थानमा रहेका प्रेमध्वज भने सभापति पदको प्रतिस्पर्धा बाट बाहिरिएका छन् ।