kumari
stcnepal

सुन, चाँदीको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । शुक्रबार तोलामा एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार एक लाख २ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य तोलामा एक लाख २ हजार ३ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँ पुगेको छ । शुक्रबार तेजावी सुनको कारोबार मूल्य एक लाख २ हजार एक सय र चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 

footer