kumari
stcnepal

मन्त्री भएको छोटो समयमै एउटै पालिकालाई एकै साथ ५० करोड रकम पार्न सफल:मन्त्री झाँक्री

 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ तथा संघीय सरकारकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गृह जिल्ला गुल्मीको दुई वटा पालिकामा एकैसाथ ५० र ५० करोड बजेट पारेकी छन् । उनको मन्त्रालयबाट देशभरका ४५ वटा नगरपालिकामा सञ्चालन हुने सघन सहरी विकास कार्यक्रम मध्ये गृह जिल्ला गुल्मीका दुई वटा नगरपालिका रेसुङ्गा र मुसिकोटमा ५० र ५० करोडका दरले बजेट पठाउन पहल गरेकी हुन् ।

 

एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेश भण्डारीले सहरी विकास मन्त्रालयले सञ्चालन गर्ने उक्त कार्यक्रमका लागि यी दुई नगरपालिकामा ५० करोडका दरले एक अर्ब रकम अर्थमन्त्रालयले विनियोजन गरेको बताएकी हुन् ।

दुई वर्षे कार्यकाल उक्त कार्यक्रमको हो । अध्यक्ष भण्डारीले भने, ‘असारभित्रैमा टेण्डर हुँदैछ , दुई वर्षपछि पनि यो कार्यक्रम थपिन सक्नेछ ।’ सदरमुकामका सडकहरूको स्तरोन्नती , व्यवस्थित ढल–नाली, पार्क– प्रतिक्षालय लगायतको काम सम्पन्न गर्नु दुई नगरपालिकामा बजेट पार्न पहल गरेपछि मन्त्री रामकुमारी झाँक्रीलाई जनप्रतिनिधि तथा समाजसेवीहरुले धन्यवाद दिएका छन् ।

रकम विनियोजन भए लगत्तै सहरी विकास मन्त्रालयबाट सह–सचिव कोषनाथ अधिकारीसहितको टोली यी दुबै नगरपालिकामा पुगेर योजना प्राथमिकिकरण गरेर फर्किएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत भक्तिराम मरासिनीले जानकारी दिए ।

उनका अनुसार ५० करोड मध्ये ५० प्रतिशत सडकको स्तरबृद्धिमा खर्च गरिने कार्यविधि रहेको छ । ३० प्रतिशत आर्थिक क्षेत्रको पूर्वाधारतर्फ खर्च गरिने र १५ प्रतिशत सामाजिक सुधार कार्यक्रम अन्तर्गत पाटी, पौवा, प्रतिक्षलय र पार्क निर्माण लगायतमा खर्च गरिने छ ।

मन्त्री भएको छोटो समयमै एउटै पालिकालाई एकै साथ ५० करोड रकम पार्न सफल भएको भन्दै समाजवादी गुल्मीका नेताहरुले गुल्मी जिल्लावासीका लागि झाँक्री आशाको दियो बनेको बताएका छन् ।

 

footer