सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्री भएको छोटो समयमै एउटै पालिकालाई एकै साथ ५० करोड रकम पार्न सफल:मन्त्री झाँक्री

377
shares

 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ तथा संघीय सरकारकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गृह जिल्ला गुल्मीको दुई वटा पालिकामा एकैसाथ ५० र ५० करोड बजेट पारेकी छन् । उनको मन्त्रालयबाट देशभरका ४५ वटा नगरपालिकामा सञ्चालन हुने सघन सहरी विकास कार्यक्रम मध्ये गृह जिल्ला गुल्मीका दुई वटा नगरपालिका रेसुङ्गा र मुसिकोटमा ५० र ५० करोडका दरले बजेट पठाउन पहल गरेकी हुन् ।

 

एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेश भण्डारीले सहरी विकास मन्त्रालयले सञ्चालन गर्ने उक्त कार्यक्रमका लागि यी दुई नगरपालिकामा ५० करोडका दरले एक अर्ब रकम अर्थमन्त्रालयले विनियोजन गरेको बताएकी हुन् ।

दुई वर्षे कार्यकाल उक्त कार्यक्रमको हो । अध्यक्ष भण्डारीले भने, ‘असारभित्रैमा टेण्डर हुँदैछ , दुई वर्षपछि पनि यो कार्यक्रम थपिन सक्नेछ ।’ सदरमुकामका सडकहरूको स्तरोन्नती , व्यवस्थित ढल–नाली, पार्क– प्रतिक्षालय लगायतको काम सम्पन्न गर्नु दुई नगरपालिकामा बजेट पार्न पहल गरेपछि मन्त्री रामकुमारी झाँक्रीलाई जनप्रतिनिधि तथा समाजसेवीहरुले धन्यवाद दिएका छन् ।

रकम विनियोजन भए लगत्तै सहरी विकास मन्त्रालयबाट सह–सचिव कोषनाथ अधिकारीसहितको टोली यी दुबै नगरपालिकामा पुगेर योजना प्राथमिकिकरण गरेर फर्किएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत भक्तिराम मरासिनीले जानकारी दिए ।

उनका अनुसार ५० करोड मध्ये ५० प्रतिशत सडकको स्तरबृद्धिमा खर्च गरिने कार्यविधि रहेको छ । ३० प्रतिशत आर्थिक क्षेत्रको पूर्वाधारतर्फ खर्च गरिने र १५ प्रतिशत सामाजिक सुधार कार्यक्रम अन्तर्गत पाटी, पौवा, प्रतिक्षलय र पार्क निर्माण लगायतमा खर्च गरिने छ ।

मन्त्री भएको छोटो समयमै एउटै पालिकालाई एकै साथ ५० करोड रकम पार्न सफल भएको भन्दै समाजवादी गुल्मीका नेताहरुले गुल्मी जिल्लावासीका लागि झाँक्री आशाको दियो बनेको बताएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports