kumari
stcnepal

स्थानीय तहको उम्मेदवार छान्ने अधिकार कस्कसलाई?

नेकपा एमालेले स्थानीय तहका उम्मेदवार छान्ने अधिकार जिल्ला, प्रदेश र केन्द्रलाई दिएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले स्थानीय तहका उम्मेदवार छान्ने अधिकार जिल्ला, प्रदेश र केन्द्रलाई दिएको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीबाट हुने उम्मेदवार छान्ने अधिकार जिल्ला, प्रदेश र केन्द्रलाई छुट्टाछुट्टै दिएको एमाले प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार वडा अध्यक्ष र वडासदस्यको उम्मेदवार जिल्ला कमिटीले टुंगो लगाउनेछ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ । यस्तै महानगरपालिका र उपमहानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले टुंगो लगाउने गुरुङले बताए ।

उनका अनुसार चैत ९ र १० गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । यस्तै चैत ७ गते पोलिटब्युरोको र १३ गते स्थायी कमिटीको बैठक बस्ने उनले जानकारी दिए । केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

 

 

 

footer