नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तहको उम्मेदवार छान्ने अधिकार कस्कसलाई?

533
shares

नेकपा एमालेले स्थानीय तहका उम्मेदवार छान्ने अधिकार जिल्ला, प्रदेश र केन्द्रलाई दिएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले स्थानीय तहका उम्मेदवार छान्ने अधिकार जिल्ला, प्रदेश र केन्द्रलाई दिएको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीबाट हुने उम्मेदवार छान्ने अधिकार जिल्ला, प्रदेश र केन्द्रलाई छुट्टाछुट्टै दिएको एमाले प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार वडा अध्यक्ष र वडासदस्यको उम्मेदवार जिल्ला कमिटीले टुंगो लगाउनेछ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ । यस्तै महानगरपालिका र उपमहानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले टुंगो लगाउने गुरुङले बताए ।

उनका अनुसार चैत ९ र १० गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । यस्तै चैत ७ गते पोलिटब्युरोको र १३ गते स्थायी कमिटीको बैठक बस्ने उनले जानकारी दिए । केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports