kumari
stcnepal

मेयर शाक्यले गरे डेढ वर्षदेखि प्रयोग भइरहेको आकाशे पुलको उद्घाटन

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मंगलबार विहान माइतीघर (पुरातत्व विभाग अघि)को आकाशे पुलमा जम्बो टोली सहित उपस्थित भए ।

शिलालेख समेत तयार गरेर आकाशे पुल उद्घाटनको तयारी गर्दैगर्दा नियमित रुपमा पुल प्रयोग गर्नेहरु अचम्मित भए । किनकि यो पुल डेढ वर्षअघि नै निर्माण सम्पन्न भएर हाल प्रयोग भइरहेको छ । स्थानीय तहको चुनाव घोषणायता मेयर शाक्य दैनिक जसो विभिन्न पूर्वाधारको शिलान्यास कार्यक्रममा पुगिरहेका छन् । तर, उनले डेढ वर्ष अघि नै बनेर प्रयोगमा आएको पुल समेत चुनावकै मुखमा उद्घाटन गरेका छन् ।

उद्घाटन पछि शाक्यले आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८,९ करोड रुपैयाँ बजेट छुट्याएको बताए । उनले पुल बनाउँदा दुर्घटनामा कम हुने बताए । मेयर शाक्यले महानगर सँग नीति, कार्यक्रम र बजेट भए पनि सडकका पेटी सानो भएको कारण आवश्यक ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको पनि स्मरण गराए ।

‘यहाँ पुल बनाउन सर्वोच्च अदालत, स्वास्थ्य मन्त्रालय र सिंहदरबारमा आउनेहरुको माग धेरै थियो, सडक क्रस गर्न धेरै गाह्रो भयो भन्ने थियो,’ उनले भने ।

 

 

footer