सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मेयर शाक्यले गरे डेढ वर्षदेखि प्रयोग भइरहेको आकाशे पुलको उद्घाटन

429
shares

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मंगलबार विहान माइतीघर (पुरातत्व विभाग अघि)को आकाशे पुलमा जम्बो टोली सहित उपस्थित भए ।

शिलालेख समेत तयार गरेर आकाशे पुल उद्घाटनको तयारी गर्दैगर्दा नियमित रुपमा पुल प्रयोग गर्नेहरु अचम्मित भए । किनकि यो पुल डेढ वर्षअघि नै निर्माण सम्पन्न भएर हाल प्रयोग भइरहेको छ । स्थानीय तहको चुनाव घोषणायता मेयर शाक्य दैनिक जसो विभिन्न पूर्वाधारको शिलान्यास कार्यक्रममा पुगिरहेका छन् । तर, उनले डेढ वर्ष अघि नै बनेर प्रयोगमा आएको पुल समेत चुनावकै मुखमा उद्घाटन गरेका छन् ।

उद्घाटन पछि शाक्यले आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८,९ करोड रुपैयाँ बजेट छुट्याएको बताए । उनले पुल बनाउँदा दुर्घटनामा कम हुने बताए । मेयर शाक्यले महानगर सँग नीति, कार्यक्रम र बजेट भए पनि सडकका पेटी सानो भएको कारण आवश्यक ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको पनि स्मरण गराए ।

‘यहाँ पुल बनाउन सर्वोच्च अदालत, स्वास्थ्य मन्त्रालय र सिंहदरबारमा आउनेहरुको माग धेरै थियो, सडक क्रस गर्न धेरै गाह्रो भयो भन्ने थियो,’ उनले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports