kumari
stcnepal

महाअभियोग प्रस्ताव माथि निर्णय नगर्न संसद अधिवेशन अन्त्य गरियो : एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव माथि निर्णय नगर्न सरकारले संसद अधिवेशन अन्त्य गरेको निष्कर्ष निकालेको छ ।

बुधबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले अदालतलाई गिजोल्न महाअभियोग प्रस्ताव ल्याएको र अहिले अनावश्यक लम्ब्याइरहेको बताए । ‘यसलाई जतिसक्दो लिंगरिङ गर्ने, जतिसक्दो ढिलो गर्ने, र पास हुन वा फेल हुन कुनै अवसर नै प्रदान नगर्ने गरी उहाँहरु अगाडि बढनुभएको छ । यस्तो बेला नेकपा एमालेले यसलाई नंग्याउने, भण्डाफोर गर्ने काम नेकपा एमालेले गर्छ भनेर पार्टी अध्यक्षले भन्नुभएको छ’ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने ।

सत्तारुढ दलले आफू सँग दुई तिहाइ मत छै भन्ने जान्दाजान्दै अदालतलाई गिजोल्ने र गुटबन्दीको शिकार बनाउने उद्देश्यले महाअभियोग प्रस्ताव ल्याएको पनि ओलीले बताए ।

 

 

footer