२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महाअभियोग प्रस्ताव माथि निर्णय नगर्न संसद अधिवेशन अन्त्य गरियो : एमाले

780
shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव माथि निर्णय नगर्न सरकारले संसद अधिवेशन अन्त्य गरेको निष्कर्ष निकालेको छ ।

बुधबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले अदालतलाई गिजोल्न महाअभियोग प्रस्ताव ल्याएको र अहिले अनावश्यक लम्ब्याइरहेको बताए । ‘यसलाई जतिसक्दो लिंगरिङ गर्ने, जतिसक्दो ढिलो गर्ने, र पास हुन वा फेल हुन कुनै अवसर नै प्रदान नगर्ने गरी उहाँहरु अगाडि बढनुभएको छ । यस्तो बेला नेकपा एमालेले यसलाई नंग्याउने, भण्डाफोर गर्ने काम नेकपा एमालेले गर्छ भनेर पार्टी अध्यक्षले भन्नुभएको छ’ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने ।

सत्तारुढ दलले आफू सँग दुई तिहाइ मत छै भन्ने जान्दाजान्दै अदालतलाई गिजोल्ने र गुटबन्दीको शिकार बनाउने उद्देश्यले महाअभियोग प्रस्ताव ल्याएको पनि ओलीले बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports