kumari
stcnepal

राष्ट्रपति जेलेन्स्कीले फेरि नो–फ्लाई जोनको लागि भावपूर्ण अपील

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरुलाई आफ्नो देशलाई रूसी हवाई आक्रमण बाट जोगाउन नो–फ्लाई जोन सिर्जना गर्न बुधबार अर्को भावपूर्ण अपील गरेका छन्।

‘मेरो एउटा सपना छ, यी शब्दहरू आज तपाईंहरू प्रत्येकलाई थाहा छ म भन्न सक्छु। मलाई एउटा आवश्यकता छ, मलाई हाम्रो आकाशको रक्षा गर्नुछ। मलाई तपाईंको निर्णय र सोही अनुरुपको मद्दत पनि चाहिन्छ’ उनले अमेरिकी कङ्ग्रेसलाई भर्चुअल भाषणमा सो आग्रह गरेका छन्। यो सबै ‘रुसले हाम्रा स्वतन्त्र शहरहरूलाई आतंकित गर्न सक्षम नहोस्’ भन्नका लागि उनले भने।

 

 

 

 

footer